Rule 36
काज सम्बन्धी व्यवस्था
: (१) सशस्त्र प्रहरी कर्मचारीलाई सामान्यतया काजमा राखिने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि प्रधान कार्यालयले कुनै विशेष कामको लागि वा प्राविधिक सेवाका सशस्त्र प्रहरी कर्मचारीलाई आवश्यकता अनुसार रिक्त पदमा अवधि तोकी काजमा खटाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम काज खटाइएको पद पूर्ति भएमा त्यस्तो पदमा काजमा रहेको सशस्त्र प्रहरी कर्मचारी आफ्नो पदाधिकार रहेको स्थानमा स्वतः फिर्ता भएको मानिनेछ ।